भक्तपुर, ३० असोज । जिल्लाको मध्यपुर थिमी नगरपालिका–६ बहाखा चोकमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार गएराति सवा १० बजे सानो थिमीबाट निकोसेरा जाँदै गरेको बा १ ज ९०६० नम्बरको ट्याक्सीले बा ८५ प ५४४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक नुवाकोट घर भई कपन बस्ने ३१ वर्षीय दिपेन्द्र पण्डितको मृत्यु भएको हो ।
बिपरित दिशातर्फबाट आइरहेका मोटरसाइकल चालक पण्डितको उपचारको क्रममा माइतीघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको हो । भक्तपुर नगरपालिका १० घर भएका ट्याक्सी चालक ३९ वर्षका सुन्दर गोर्खालीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत थिमीले अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्