अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३० असोज । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ हजारले घटेर प्रतितोला ९३ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने २५ रुपैयाँले घटेर प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।