पोखरा, ३० असोज । पोखरामा प्याराग्लाइडिङबाट खसेर नेपाल आर्मीका २६ वर्षीय खेलाडीको मृत्यु भएको छ ।
आज बिहान पोखरामा उनी प्याराग्लाइडिङबाट खसेर आर्मीका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
थापाले सराङकोटबाट उडान भरेका थिए । सय मिटर माथिबाट उनी जमिनमा खसेका थिए । जमिनमा खसेर घाइते भएका थापाको उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको थियो ।










प्रतिक्रिया दिनुहोस्