समाचार

कटुवा पेस्तोलसहित एकजना पक्राउ



धनुषा, ३० असोज । धनुषामा कटुवा पेस्तोलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सबैला नगरपालिका–१२, नहर चोकस्थित मैनाथपुर–वीरेन्द्रबजार सडकबाट एकथान पेस्तोलसहित सिरहाको गोलबजार नगरपालिका–७, चोहर्वा बस्ने ३५ वर्षीय रामसागर ठाकुर पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको टोलीले प्र २–०१–००२ प ३७२० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार रामसागरले प्रहरी टोलीलाई देख्नासाथ हातमा बोकेको झोलासहित भाग्न खोजेपश्चात् उनलाई नियन्त्रणमा लिई तलासी गर्दा झोलाभित्र उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।

हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।