कैलाली, ३१ असोज । नेपाली कांग्रेस कैलालीले १० जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ ।
कारबाहीमा पर्नेमा कैलाली क्षेत्र नम्बर ५ (२) मा उम्मेदवारी दिएका क्षितिज भण्डारी, कैलाली क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका नविन कुमार बोहरा, २ (२) मा भरतकुमार शाही, ३ (२) का गोविन्दराज जोशी, ३ (२) कै लक्ष्मण शाही र ४ (२) की भगवती पाठक रहेकी छन् ।
यस्तै भरत कुमार शाहीका समर्थक कमल कुमार विक, गोविन्दराज जोशीका प्रस्तावक कमलबहादुर बडुवाल र समर्थक देवीराम खत्री पनि पार्टीबाट निष्कासित भएका छन् । त्यस्तै क्षेत्र नम्बर ५ को प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाको समर्थक बसेका नवराज जोशीलाई पनि काँग्रेसले कारबाही गरेको छ । उनीहरुमाथि ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही भएको हो ।










प्रतिक्रिया दिनुहोस्