काठमाडौँ, १ कार्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेले गरेको गठबन्धन अप्राकृतिक तथा अपवित्र भएको आरोप लगाउनुभएको छ ।
अध्यक्ष नेपालले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन भने पवित्र भएको दाबी गर्नुभयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिने र लोकतन्त्र मास्ने कामलाई रोक्नका लागि गठन भएकाले सत्तारुढ गठबन्धन प्राकृतिक र पवित्र रहेको अध्यक्ष नेपालको तर्क थियो ।
अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनलाई विजयी गराउनका लागि एकतावद्ध भएर अगाडि बढन पनि गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । अध्यक्ष नेपालले मुलुकको शासन संचालनमा त्रुटी, कमीरहेको औंल्याउँदै त्यसलाई सुधार गरेर अघि बढन पनि सरकारलाई सुझाव दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्