राजनीति

हँसिया हतौडा, कलम र रूख एकै हो: प्रधानमन्त्री देउवा



काठमाडौँ, १ कार्तिक । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई अविश्वास नगर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

ललितपुरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्ना कार्यकर्तालाई गठबन्धनमा रहेका दललाई विश्वास गर्न आग्रह गर्नुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसको मत ट्रान्सफर नहुने चिन्ता व्यक्त गरेपछि देउवाको कार्यकर्तालाई यस्तो निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘संविधान र लोकतन्त्र जोगाउन हँसिया हतौडा र कलमका साथीहरुले रूखमा र रुखका साथीहरुले हँसिया हतौडा र कलममा मत हाल्नुस् । कांग्रेसका साथीहरुले अविश्वास गर्ने कामनै छैन । आजको दिनमा हँसिया हतौडा, कलम र रूख एकै हो।’