अर्घाखाँची, ४ कार्तिक । जिल्लाको भुमिकास्थान नगरपालिका–१ मा आफ्नै दाजुले भाइको हत्या गरेका छन् ।
प्रहरीका अनुसार भुमिकास्थान नगरपालिका–१ खलाधारा भीरबाट लडेको अवस्थामा साम्नेगाँउका ७० वर्षका वीरबहादुर गमालको शव भेटिएको थियो ।
बुधवार दिउँसो वीरबहादुर गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादुर भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए । घर फर्किँदै गर्दा बेलुकी ७ बजे बाटोमा लेनदेको विषयमा दाजुभाइको सामान्य विवाद हुँदा भीरबाट धकेली भाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
हिमबहादुरलाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्