राजनीति

भक्तपुरमा कांग्रेस–एसका वडाध्यक्ष उम्मेदवारसहित दर्जनौं युवा एमालेमा प्रवेश



भक्तपुर, ४ कार्तिक । आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचनको संघारमा भक्तपुरमा सत्ता गठबन्धन दल नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीलाई ठूलो झड्का लागेको छ ।

विहिवार बालकोटका काँग्रेस नेता चन्द्र श्रेष्ठसहित ३५ जना र सिरुटारका नेकपा एसका नेता गत निर्वाचनका वडा अध्यक्षका उम्मेदवार भई ४ सय ५७ भोट ल्याउन सफल नेता मिलन थापासहित १५ जना एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले खादा र भक्तपुर क्षेत्र नं २ का उम्मेदवार तथा एमालेको पोलिटव्युरो सदस्य महेश बस्नेतले टिका लगाई एमालेमा स्वागत गर्नुभयो । नवप्रवेशीलाई आवश्यकता, योग्यता र क्षमताको आधारमा उचिव जिम्मेवारी दिने बताइएको छ ।

नवप्रवेशीले एमालेको विकास र समृद्धिको भिजन र राष्ट्रियता प्रतिको अडानले गर्दा मुलुकको लागि एमालेको विकल्पन भएको भन्दै पार्टी प्रवेश गरेको उल्लेख गरे । भक्तपुरको विकासमा महेश बस्नेतले खेल्नुभएको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै नवप्रवेशील अबका दिनमा विकासको साझेदार बन्न सदैव महेश बस्नेत र एमालेको साथमा रहेर भक्तपुरको विकासमा दत्तचित्त भई लाग्ने प्रतिवद्धता जनाए ।

पछिल्लो समय जिल्लामा गठबन्धन दलमा ठूलो विद्रोह र वितृष्ण शुरु भएको देख्न सकिन्छ । प्रायः दैनिक जसो गठबन्धन दलका नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको लर्को नै लागेको छ । यो सँगै जिल्लामा आगामी निर्वाचनमा एमालेलाई थप ठूलो सफलता हुने आंकलन गरिएको छ ।