लमजुङ, ४ कार्तिक । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कांग्रेस र माओवादी पार्टीमा कुनै भविष्य नभएको बताएका छन् ।
आज एमाले बेंसीसहर नगरपालिका कमिटीले आयोजना गरेको उम्मेदवार परिचय एवं बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले देशको विकासका निम्ति कुनै उल्लेखनीय काम गर्न नसकेको र एमाले सरकारमा हुँदा ल्याएको विकास र नीतिलाई समेत उल्लंघन गरेको भन्दै कांग्रेस र माओवादी पार्टीमा कुनै भविष्य नभएको उनले आराेप लगाए । भविष्य नभएको पार्टीमा लागेर कुनै काम नहुने उनले बताए ।
जिल्लाको विकास र जनताको हितका निम्ति गठबन्धनका उमेद्वारलाई जिताउने कि एमालेका उमेद्वारलाई जिताउने भनी सोचविचार गरेर मात्र लमजुङे जनताले मतदान गर्नुपर्ने बताए । एमालेले लिएको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई पूरा गर्न सूर्यमा मतदान गर्न उनले आग्रह गरे । लोकतन्त्रको मूलभूत सिद्धान्तलाई एमालेले सदैव पालना गर्दै आएको उनकाे भनाइ थियाे ।










प्रतिक्रिया दिनुहोस्