काठमाडौँ, ५ कार्तिक । निर्वाचन आयोगले आयोगले नेपाली काँग्रेसका महामन्त्री एवं झापा जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्मालाई स्पष्टीकरण सोधेको छ ।
झापास्थित आगलागी पीडित केवल निरौलाको घर निर्माणका लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख पचास हजार रुपैयाँ रकम निरौलाको परिवारलाई हस्तान्तरण गर्दै गरेको तस्बिर सार्वजनिक भएपछि आयोगले शर्मालाई स्पष्टिकरण मागेको हो ।
‘विजय दाल्मियाले आफ्नो फेसबुक वालमा शेयर तथा पोष्ट गरेको श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा तपाईंले गर्नुभएको होइन भनी भन्न सकिने कुनै आधार नदेखिएकाले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, आयोगले सोधेको छ।










प्रतिक्रिया दिनुहोस्