काठमाडौँ, ६ कार्तिक । कांग्रेस कर्णाली प्रदेश कमिटीका प्रवक्ता दमन शाहीका अनुसार पदाधिकारीहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा खटाउने भएको छ ।
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदका लागि गठबन्धनका साझा उम्मेदवार लाई विजयी गराउन कांग्रेस कर्णाली प्रदेशका पदाधिकारी, सदस्यहरु आ–आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रमा खटाइने निर्णय समेत गरिएको उनले बताए । त्यहाँ उनीहरुले उम्मेदवारको पक्षमा जनमत पार्नका लागि रणनीतिक योजना बनाउनेदेखि चुनावी कार्यक्रमहरु गर्न सहयोग गर्ने छन् ।
नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटीले आगामी मंसिर ४ गने हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन परिचालन कमिटीदेखि प्रचारप्रसार समिति गठन गरेको छ । उम्मेदवारलाई जिताउनका लागि प्रदेश सभापति ललितजङ्ग शाहीको संयोजकत्वमा प्रदेश स्तरिय निर्वाचन परिचालन समिति गठन गरिएको छ भने गोबिन्द कोइरालाको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार प्रदेश स्तरिय परिचालन समिती गठन गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्