विश्व

विदेशमा रहेका नागरिकलाई घर नफर्किन युक्रेनकाे आग्रह



एजेन्सी, ९ कार्तिक । युक्रेनले युद्धका कारण देश छाडेर गएका आफ्ना नागरिकलाई घर फकर्ने हतार नगर्न आग्रह गरेको छ ।

युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेसचुकले टेलिभिजन सम्बोधन मार्फत विदेशमा जहाँ जहाँ बसिरहेको हो, त्यही स्थानमा सुरक्षित रुपमा रहन र घर फर्कने हतारो नगर्न आग्रह गरेका हुन ।

रुसी आक्रमणबाट ४० प्रतिशत उर्जा केन्द्रहरु ध्वस्त भएकाले आधा भन्दा बढी भूभाग अन्धकारमा रहेको किएभले जनाएको छ । लगातारको युद्धले युक्रेनमा खाद्यान्नलगायतका दैनिक उपभोग्य सामग्रीको पनि चरम संकट रहेको छ ।

रुसले पछिल्लो समय उर्जा केन्द्रहरुमा गरेको आक्रमणका कारण देशभर चरम उर्जा संकट बढेकाले कम्तिमा यो जाडोभरी देश नफर्कन आग्रह गरिएको हो ।