Banner News

एमालेको घोषणा पत्र सार्वजनिकः मूख्य–मूख्य अंशवारे अध्यक्ष ओली व्याख्या गर्दै



काठमाण्डौ,१५ कार्तिक । आउँदो मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावलाई लक्षित गर्दै नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र प्रविधिबाट सार्वजनिक गरेका हुन् । घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ ।
करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिह्नमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ । अध्यक्ष ओलीले घोषणापत्रको मुख्य–मुख्य अंशबारे ब्याख्या गरिरहेका छन ।

सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले संविधानको रक्षालाई मूल नारा बनाएर यसअघि नै चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन । एमालेले घोषणापत्र सार्वजनिक गर्दा प्रविधिमा जोड दिएको छ । डिजिटल अनावरणसँगै सूर्य चिन्हमा किन मतदान गर्ने किन नगर्ने भन्ने प्रश्नको जवाफसहित एमाले सरकारका उपलब्धिको श्रव्यदृष्य सार्वजनिक गरिएको छ ।