राजनीति

एमालेको घोषणापत्र : खेतबारीमा पानी, खाडीमा होइन, स्वदेशमै जवानी



काठमाडौँ, १५ कार्तिक । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

काठमाडौँको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आज आयोजित एक विशेष कार्यक्रमबीच एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

एमालेले समृद्ध नेपाल सुखी नेपाली नारालाई निरन्तरता दिएको छ । घोषणापत्रको ग्यारेन्टी नम्बर ११ मा खेतबारीमा पानी घोषणापत्रको ग्यारेन्टी नम्बर ११ मा खेतबारीमा पानी स् खाडीमा होइन, स्वदेशमै जवानी नारा उल्लेख गरेको छ । त्यसका लागि एमालेले आगामी सतह तथा भूमिगत सिँचाइबाट तराई मधेसको थप ३ लाख हेक्टर जमिन सिञ्चित गरिनेछ । सिँचाइलाई वर्षायामको बिजुली महशुलमा ५० प्रतिशत र हिउँदयामको बिजुलीमा २५ प्रतिशत छुट दिइनेछ ।