Banner News

एमालेको घोषणापत्र २० ग्यारेन्टीमा संक्षेपीकरण ती के –के हुन



काठमाडौ १५ कार्तिक। नेकपा एमाले ले घोषणापत्रमा आगामी पाँच वर्षमा गर्ने कामलाई २० ग्यारेन्टीमा संक्षेपीकरण गरेको छ । त्यसैलाई घोषणापत्रमा व्याख्या गरिएको जानकारी दिइएको छ ।

यी हुन् एमालेका २० ग्यारेन्टी

१ समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने

२ राष्ट्रहित र नागरिक हितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने

३ ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को नीति कार्यान्वयन गर्ने

४ स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने

५ आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने

६ सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने

७ ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’ को नीति कार्यान्वयन गर्ने

८ ‘निरोगी नेपाल, सबल नागरिक’ नीति अघि बढाउने

९ सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निशुल्क

१० वर्षायाममा मासिक ५० युनिट र हिउँदमा ३० युनिट विद्युत निशुल्क

११ ‘खेतबारीमा पानी, दोब्बर हुन्छ उब्जनी को मान्यता अघि बढाउने

१२ सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने

१३ ‘व्यवस्थित सहर , स्वच्छ र हरियाली बस्ती’ को अवधारणा कार्यान्वयन गर्ने

१४ सरल, सहज सार्वजनिक सेवा’ को प्रबन्ध गर्ने

१५ सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने

१६ सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने

१७ ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने

१८ सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने

१९ ‘सभ्य समाज , मर्यादित नागरिक’ को नीति कार्यान्वयन गर्ने

२० प्रतिव्यक्ति आय दोब्बर गर्ने