राजनीति

अध्यक्ष ओली त्रिपुरेश्वरको महादेव मन्दिरमा



काठमाडौँ, १६ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिपुरेश्वरको महादेव मन्दिर दर्शनका लागि पुगेका छन् ।

काठमाडौँ क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेलको चुनाव प्रचारको सिलसिलामा ओली त्रिपुरेश्वरको मन्दिरमा गएको उनको सचिवालयले जनाएको छ ।

उम्मेदवार किरण पौडेलले काठमाडौँका धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणलाई चुनावी एजेण्डा बनाएका र उनकै योजना अनुसार अध्यक्ष ओली त्रिपुरेश्वर पुगेको बताइएको छ ।