रुपन्देही, १७ कार्तिक । रुपन्देहीमा १८ र १९ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका तीन जनालाई पक्राउ परेका छन् ।
रुपन्देही प्रहरीका अनुसार कञ्चन गाउँपालिका-२ गोफ्लापुरमा दुवै किशोरीलाई गएराति करिब २ बजेतिर जबरजस्ती करणी गरेको आरोपमा सैनामैना-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोरलाई पक्राउ गरेको हो ।
पक्राउ परेका आरोपीले घटनामा संलग्न थप तीन जनाको नाम बताएको र उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । पीडित किशोरीहरू र पक्राउ परेका आरोपीहरू चिनजानको साथी रहेको खुलेको प्रहरीले जनाएको छ ।
कञ्चन गाउँपालिका-२ गोफ्लापुरमा दुवै किशोरीलाई गएराति करिब २ बजेतिर उनीहरूले जबरजस्ती करणी गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।










प्रतिक्रिया दिनुहोस्