अर्थ

नर्सको लाइसेन्स परीक्षाको आवेदन खुल्यो



काठमाडौँ, १८ कार्तिक । नेपाल नर्सिङ परिषद्ले नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी मंसिर २४ गते सञ्चालन गर्ने भएको छ ।

परिषद् सूचना जारी गरी नाम दर्ता परीक्षाका लागि आवेदन माग गरेको हो । कार्तिक १८ गतेबाट मंसिर १२ गतेसम्म फारम बुझाउन सकिने सकिन्छ ।

यस्तै, १३ गतेदेखि १६ गतेसम्म दोब्बर दस्तुर तिरेर परीक्षाका लागि आवेदन फारम बुझाउन सकिने परिषद्ले जनाएको छ । परीक्षामा सामेल हुने परीक्षार्थीले प्रवीणता प्रमाण पत्र तह नर्सिङ, बीएससी नर्सिङ हुनुपर्ने, मिडवाइफरीमा स्नातक गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।