सम्पादकीय

ओलीले प्रमुख निर्वाचन आयुक्तलाई भने, ‘तपाईं आफैं भरतपुर गएर समस्या समाधान गर्नुस्’



काठमाडौं, १६ जेठ । प्रमुख प्रतिपक्षी एमालेले भरतपुर मतगणनास्थलमा भएको घटनाप्रति असन्तुष्टि जनाउँदै निर्वाचनको आयोगको मुल नेतृत्व नै त्यहाँ पुगेर मतगणना अघि बढाउनुपर्ने माग गरेको छ । एमाले अध्यक्ष केपी ओली र संसदीय दलको उपनेता सुवास नेम्बाङले सोमबार आयोगका पदाधिकारीहरुलाई छिटो त्यहाँको समस्या समाधान गरी मतगणना अघि बढाउन माग गरेका हुन् ।

जितहारको स्थिति स्पष्ट देखिइसकेपछि आपराधिक ढंगले मतपत्र च्यात्ने काम भएकाले यही बहानामा पुनस् मतदान गराउने दिशामा लागे त्यसले अन्य निर्वाचन समेत प्रभावित हुने चेतावनी एमाले नेताहरुले आयोग पदाधिकारीलाई दिएका छन् ।

‘परिणाम करिब देखिइसकेपछि मतपत्र च्यातेर फेरि मतदान गराउन सकिन्छ भन्ने ढंगले षड्यन्त्रपूर्वक यो घटना गराइएको हो,’ उपनेता नेम्वाङले भने, ‘त्यसैले निर्वाचन सम्बन्धि मूल्यमान्यतालाई ख्याल गर्दै त्यहाँ मतगणना हुनुपर्छ पर्छ पुन: मतदान गर्ने कुरा हामीलाई स्वीकार्य हुदैन भन्ने स्पष्ट जानकारी प्रमुख आयुक्तलगायतलाई गराएका छौं ।’

आयोगले उक्त घटना छानविनका लागि तीन सदस्यीय समिति गठन गरेको छ । बुधबार सम्मका लागि मतगणना स्थगित गरिएको छ । माओवादी केन्द्रले पुनस् मतदान गुर्नपर्ने माग गर्दै आएको छ । २/४ वटा मात्र मत पत्र च्यातिएको हो भने त्यसलाई छुट्टै मुचुल्का गरेर राख्ने र बाँकी मतगणना गर्नुपर्ने एमालेको धारणा छ । कान्तिपुरमा समाचार छ ।