हेटौंडा, २२ कार्तिक । कात्तिक २ गतेदेखि परिवारको सम्पर्कमा नरहेका ईन्द्रसरोवर गाउँपालिका–३ काप्राङका ५७ वर्षीय सञ्चार थिङको शव फेला परेको छ ।
प्रहरीका अनुसार सोमबार बेलुकी भिमफेदी गाउँपालिका–८ दोभान खोलामा सडेगलेको अवस्थामा शव फेला परेको हो ।मृतकका छोराले कपडाको आधारमा शवको पहिचान गरेको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्