काठमाडौं, २२ कार्तिक । नेकपा (एकीकृत समाजवादी)को जुम्ला जिल्ला संयोजकमा तीर्थबहादुर बुढालाई तोकिएको छ ।
केन्द्रीय कमिटी सदस्य बुढालाई आसन्न निर्वाचनमा प्रचारप्रसारलगायत सम्पूर्ण कामको संयोजन गर्ने जिम्मेवारी दिइएको पार्टीका महासचिव डा। वेदुराम भुसालले जानकारी दिए ।
उनका अनुसार जुम्ला जिल्ला र कर्णाली प्रदेश कमिटीका केही नेताहरूले पार्टीको हितविपरीत कार्य गरेकाले पाँच नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ । कारबाहीमा परेका नेताहरूमा देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाय, रतनबहादुर रोकाय र धर्मराज बराल छन् ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनबाहेकका अरू दलका नेतालाई सहयोग गरेकाले उनीहरूलाई निष्कासन गरिएको जनाइएको छ । रासस










प्रतिक्रिया दिनुहोस्