समाचार

जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु, सातजना घाइते



कालिकोट, २२ कार्तिक । कालिकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ छ ४४१२ नम्बरको जिप कालिकोटको तिलागुफा नगरपालिका खल्लागाडमा दुर्घटनामा हुदा एकजनाको घटनास्थलमै र अन्य दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनास्थलमै मृत्यु हुनेमा मुगु गमगढीका २१ वर्षीय अकल बिक रहेका छन् । बाँकी दुईजनाको पहिचान हुन बाँकी रहेको छ ।

घाइते हुनेमा मुगुका १७ वर्षीय धीरज बुढा, १६ वर्षीय गोपीचन्द्र बुढा, ३१ वर्षीय सन्तोष शाही, हुम्लाका २२ वर्षीय केशरी शाही, २४ वर्षीय उज्जवल सिंह र मुगुका जिप चालक ३५ वर्षीय प्रेमसिंह बडुवाल रहेका छन् । घाइते एकजनाको पहिचान नखुलेको प्रशासनले जनाएको छ ।