तनहुँ, २४ कार्तिक । जिल्लाको भीमाद नगरपालिकामा आगो ताप्ने क्रममा ९ वर्षीय बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार भीमाद नगरपालिका वडा नम्बर ७ स्थित अर्चलेका सुभाष थापाको भान्सा कोठामा आगो ताप्ने क्रममा अचानक उनको शरीरका विभिन्न भाग आगोले पोलेको थियो ।
२१ गते भएको घटनाबाट घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्