भक्तपुर, २४ कार्तिक । जिल्लाको सूर्यविनायक नगरपालिका–८ स्थित आदर्श बस स्टपमा ट्रकको ठक्करबाट एकजना जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार कात्तिक २१ मा सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको मे.१ख ३२३७ नम्बरको ट्रकको ठक्करबाट २७ वर्षीय अनुज उपाध्यायको मृत्यु भएको थियो । थिमी नगरपालिका वडा नम्बर–२ घर भएका उपाध्याय काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका थिए । अनाथ आश्रममा हुर्केका उपाध्यायले ट्रकमा ठोक्किएर आत्महत्या गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।
ट्रकले किचेर गम्भीर घाइते भएका युवकको उपचारको क्रममा केएमसी अस्पतालमा मृत्यु भएको हो । शव पोष्टमार्टम पछि आफन्तले बुझेर दाहसंस्कार गरेका छन् । ट्रक चालक झापाको शिवशताक्षी नगरपालिका–१० घर भएका ४० वर्षीय विजय थपलियालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनाबारे प्रहरी वृत जगातीले अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्