Banner News

सेनाको विमान दुर्घटना हुँदा पाइलटको मृत्यु, दुई जना घाइते



बाजुरा, १६ जेठ । बाजुराको कोल्टी विमानस्थलनमा अवतरणका क्रममा नेपाली सेनाको जहाज दुर्घटनामा परेको छ ।

कल साइन एन ए ०४८ भएको सेनाको स्काइ ट्रक जहाज कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा पुगेको छ । दुर्घटनापछि विमानमा आगो लागेको थियो ।

यो दुर्घटनामा पाइलट महासेनानी कैलाश गुरुङको निधन भएको छ । दुर्घटनापछि जहाजका को–पाइलट र अर्का एक यात्रीलाई तत्कालै उद्धार गरिएको थियो ।

सुर्खेतबाट सिमिकोटको लागि उडेको जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट भएको थियो ।