विश्व

मेक्सिकोमा गोली चल्यो, ९ जनाको मृत्यु



एजेन्सी, २६ कार्तिक । मध्य मेक्सिकोको गुआनाजुआटो राज्यको एउटा बारमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ ।

उक्त बारमा आक्रमण गर्ने लागू औषध तस्करहरुको संलग्नता रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । अपासियो एल अल्टो सहरमा उक्त हमला भएको हो । ‘«कमा सवार हतियारधारी पुरुषको समूहले लेक्सस बारमा हमला गर्दा पाँच पुरुष र चार महिलाको मृत्यु भएको बताइएको छ ।

स्थानीय सञ्चारमाध्यमले पछिल्लो आक्रमण सान्ता रोजा डे लिमाका नेता जुआन रोडोल्फो येपेजको मंगलबार पक्राउ गरेको बदला भएको बताएका छन् । गुआनाजुआटो एक औद्योगिक राज्यमा जलिस्को न्यु जेनेरेसन र सान्ता रोजा डे लिमा ड्रग तस्करबीच हिंसात्मक झडप हुने गर्छ ।