राजनीति

प्रधानमन्त्री देउवाले नवनियुक्त कप्तान रोहितलाई दिए बधाई



काठमाडौँ, २६ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका नवनियुक्त कप्तान रोहित पौडेललाई बधाई दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री देउवाले आज बधाई दिएका हुन् ।

“नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त हुनु भएकोमा रोहित पौडेलजीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना,” देउवाले भनेका छन्, “तपाईंको नेतृत्वमा नेपाली क्रिकेटले अझै सफलता हासिल गर्नेछ ।”