भक्तपुर, २७ कार्तिक । भक्तपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार हिजो साँझ सल्लाघारीबाट सैनिक स्कुलतर्फ जाँदै गरेको बा.७ च ०८१५ नम्बरको कारले सल्लाघारी तर्फ फर्किंदै गरेको बागमती प्रदेश–०२–०२८ प ७३९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा काभ्रेको पाँचखाल घर भएका २३ वर्षीय सन्दिप बस्नेतको मृत्युभ्येको हो ।
कारको ठक्करबाट गम्भीर घाइते भएका सन्दिप बस्नेको उपचारको क्रममा डा. ईवामुरा अस्पतालमा मृत्यु भएको हो । कार चालक भक्तपुर नगरपालिका–४ पोटरस्क्वायर बस्ने २० वर्षीय आयुष कायस्थलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्