काठमाडौँ, २७ कार्तिक । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री एवं नेकपा (माओवादी केन्द्र) की उपमहासचिव पम्फा भुसालले आसन्न प्रतिनिधिसभाको निर्वाचमा आफू विजयी बन्नेमा ढुक्क रहेको बताएकी छन् ।
आइतबार ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी घरदैलो कार्यक्रममा बोल्दै उनले यस क्षेत्रबाट आफू यसअघि पनि दुईपटक विजयी भइसकेको उल्लेख गर्दै यसपटक पनि विजयी हुनेमा विश्वस्त रहेको बताइन् । उनले आफूले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ का जनताको लागि राम्रा कामहरू गरेकाले पराजय भोग्नुपर्ने अवस्था नआउने दाबीसमेत गरिन् ।
मन्त्री भुसालले घरदैलो कार्यक्रममा आम मतदाताहरू सत्ता गठबन्धन र विशेषगरी आफूसँग खुसी र सन्तुष्ट रहेको बताइन् ।आसन्न निर्वाचनलाई लक्षित गरी विभिन्न क्षेत्रका प्रतिनिधि र प्रदेशसभा उमेदवारहरूले आफ्नो प्रचारप्रसारका लागि यतिबेला घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । आम मतदाताको घरमा पुगेर उम्मेदवारहरू आफूलाई भोट माग्न लागिपरेका छन् । न्यूज एजेन्सी नेपाल










प्रतिक्रिया दिनुहोस्