अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २७ कार्तिक । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ६ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९६ हजार ८ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने आज ५ रुपैयाँले बढेर प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।