पोखरा, २९ कार्तिक । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्कालाई हटाएका छन् ।
कांग्रेसबाट समानुपातिक सांसद बनेर मन्त्री बनेका खड्कालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको ‘ग्रिन सिग्नल’ मिलेपछि मुख्यमन्त्रीले हटाएका हुन् ।
स्रोतका अनुसार मुख्यमन्त्री र कांग्रेस पार्टी तथा उमेदवारलाई ‘असहयोग गरेपछि’ उनलाई हटाइएको हो । गत हप्ता मात्रै उनले ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री हरिशरण आचार्यलाई हटाएका थिए । बर्खास्तीमा परेका हरिशरण आचार्यलाई चाहिँ प्रचण्डलाई असहयोग गरेको भन्दै हटाइएको थियो ।










प्रतिक्रिया दिनुहोस्