Banner News

९ जनामा कोरोना संक्रमण, २४ जना डिस्चार्ज



काठमाडौँ, ३० कार्तिक । थप ९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या १० लाख ८३४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४ सय ७५ जना रहेका छन ।

मन्त्रालयका अनुसार २४ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८८ हजार ३४० जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार १९ जना रहेको मन्त्रालयले जनाएको छ ।