पर्सा, ३० कार्तिक । पर्सामा प्रतिनिधि र प्रदेशसभा निर्वाचनका १५ हजार मतपत्रसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पर्सा प्रहरीका अनुसार भारतबाट नेपाल आउँदा प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा मतपत्रसहित भारतको बिहारस्थित चम्पारन नरकटिया ग्रामपंचायत वडा नम्बर ४ का ४० वर्षीय इजाजत अहमद पक्राउ परेका हुन् ।
मोटरसाइकलमा रहेको बोरामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका १५ हजार मतपत्र फेला परेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्