समाचार

भोजपुर उडेको वायुसेवा निगमको जहाज बीचबाटै काठमाडौँ फिर्ता



काठमाडौँ, २ मंसिर । काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमा प्राविधिक समस्या आएपछि बीचबाटै फर्काइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार ट्विनअटर जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फर्काएर ग्राउन्डेड गरिएको छ । उक्त जहाजमा १५ जना यात्रु सवार थिए ।

उक्त जहाज ग्राउन्डेड भएपछि आजका सबै उडान रद्द गरिएको छ ।