काठमाडौँ, ३ मंसिर । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आफूहरूबीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरूमा प्रेषित सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
शनिबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले फोटोसप गरी ‘फेक न्युज’ फैलाइएको प्रति आपत्ति जनाएका हुन् । “नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरूमा प्रेषित सूचनाप्रति दुवै पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो,” दुवै पार्टीका केन्द्रीय कार्यालयका मुख्य सचिवद्वारा हस्ताक्षरित संयुक्त वक्तव्यमा उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्