Banner News

असार १४ मा सारेको निर्वाचनको तिथि पनि सरकारले मध्यझरी भन्दै सार्न बेर छैन



काठमाडौ,१७ जेठ । स्थानीय तहकोदोस्रो चरणको निर्वाचन फरि सरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्री परिषद्को बैठकले असार १४ अर्थात मध्यझरी हुने मौसममा चुनाव सार्ने निर्णय गरेको हो। यस अघि असारको नौ गतेका लागि तिथि तय भएको थियो। सो दिन मुस्लिमहरुको पवित्र चाड रमदान परेकोले निर्वाचनको तिथि सारेको सरकारले दावी गरेको छ। यद्यपी राजपालाई पनि चुुनावमा मनाउने र मनोनयनका लागि समय थप्ने उद्धेष्यले चुनावको तिथि सारेको बताईएको छ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन भने बैशाख ३१ गतेनै सम्पन्न भईसकेको छ। दोस्रो तह अन्तरगत प्रदेश नं १, २, ५ ७ मा स्थानीय तहको निर्वाचन हुने छ। यो वा त्यो वहनामा चुनावको तिथि सार्दै आएको सरकारले असार १४को निर्वाचन पनि मध्य झरी भन्दै सा¥यो भने अचम्म मान्नु पर्दैन् ।