समाचार

भोट हाल्न लाइनमा बसेकै बेला मृत्यु



तेह्रथुम, ४ मंसिर । तेह्रथुमको लालीलगुराँस नगरपालिकामा भोट दिनका लागि लाइनमा बसेकै बेला एकजनाको मृत्यु भएको छ ।

आज बिहान लालीगुराँस नगरपालिका–८ स्थित रत्न मावि मतदान केन्द्रमा लाइनमा बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिए ।