Banner News

अध्यक्ष ओलीद्वारा भक्तपुरबाट मतदान



भक्तपुर, ४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन् ।

उनले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् । ओली झापा ५ बाट प्रतिनिधि सभाका उम्मेदवार हुन् ।

मतदान गरेपछि उनले शान्तिपूर्णं ढंगले निर्वाचन हुनुपर्ने बताए । “यो निर्वाचन देशको लागि महत्वपूर्ण छ,” उनले भने, “एमालेले बहुमत ल्याउँछ भनेर पहिलेदेखि नै भनिरहेको छु । आज पनि त्यही छ ।”

उनले मतदान गर्न बाँकी रहेकालाई उत्साहपूर्वक मतदान गर्न आह्वान पनि गरे । ओलीले राजनीतिलाई दिशाहीन बनाउने प्रयासबाट मुक्त गराउनुपर्ने बताए । उनले आफूहरुसँग सहकार्य गरेकाहरुसँग चुनावपछि पनि गठबन्धन रहने बताए ।