हेटौंडा, ४ मंसिर । हेटौंडा-१४ मयुरधापमा मोटर लगाइ ईनार खन्ने क्रममा अचानक विद्युत सर्ट भई करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बाँके जिल्ला पैजापुर गाउँपालिका-४ घर भई मयुरधापमा रहेको मकवानपुर कन्स्ट्रक्सनमा काम गर्ने ३० वर्षीय प्रकाश थारूको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।
दिउँसो १२:३० बजेको समयमा कन्स्ट्रक्सन क्षेत्रमा मोटर लगाई इनार खन्ने क्रममा अचानक करेन्ट लागि थारू बेहोस भएका थिए । बेहोस भएका थारूलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा दिउँसो साढे १ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्