राजनीति

देशभर ६१ प्रतिशत मतदान : निर्वाचन आयोग



काठमाडौँ, ४ मंसिर । निर्वाचन आयोगले देशभर ६१ प्रतिशत मतदान भएको जनाएको छ ।

यो संख्यामा सबै विवरण आएपछि केही प्रतिशत वृद्धि हुने आयोगले जनाएको छ । आयोगले अपेक्षा भन्दा कम मतदान भएको पनि उल्लेख गरेको छ ।

आयोगले शान्तिपूर्ण र उत्साहजनक रुपमा निर्वाचन सम्पन्न भएको पनि जनाएको छ । यस्तै आयोगले निर्वाचन सफल बनाउने सबैलाई धन्यवाद समेत दिएको छ ।