Banner News

अहिलेसम्म कहाँ कसले जिते ? (सूचीसहित)



काठमाडौँ, ६ मंसिर । आइतबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणनामा अहिलेसम्म चार स्थानको मतपरिणाम आइसकेको छ। निर्वाचन क्षेत्रहरू काठमाडौं-१, मनाङ, मुस्ताङ र ललितपुर-२ को नतिजा आइसकेको छ । त्यस्तै नेकपा एमालेका प्रेमलाल महर्जन पनि निर्वाचित भइसकेका छन् । ललितपुर- २ बाट निर्वाचित उनले १५०२५ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८८८६ मत पाए ।

काडमाडौं- १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । उनले ७१४३ मत पाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् । मिश्रले ७०११ मत पाए । मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ २५७५ मतसहित विजयी भएका हुन् । उनले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई २२४७ मतका साथ पराजित गरेका हुन् । मुस्ताङ- १ मा पनि नेपाली कांग्रेसका योगेश गौचन थकालीले जितेका छन् । उनले ३९९२ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ३०७८ मत पाए ।