राजनीति

कांग्रेसका महामन्त्री शर्मा विजयी



झापा, ६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री प्रतिनिधिसभाका निर्वाचनमा विजयी हुनुभएको छ ।

मंसिर ४ गते भएको निर्वाचनमा उहाँ झापा जिल्लाको क्षेत्र नं. १ बाट विजयी हुनुभएको हो । उहाँले १३ हजार आठ सय ५० मत प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँका प्रतिद्वन्दी नेकपा एमालेका नेता अग्नी खरेलले ८ हजार ६ सय ४९ मत प्राप्त गर्नुभयो ।

उक्त क्षेत्रमा जम्मा २७ हजार ४ सय ८ मत खसेको थियो । जसमा १४ सय ३४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।