राजनीति

कांग्रेसका महामन्त्री गगन थापा विजयी



काठमाडौँ, ६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा विजयी हुनुभएको छ ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभामा थापा निर्वाचित हुनुभएको हो । महामन्त्री थापा करिब साढे ७ हजारको मतान्तरले विजयी हुनुभएको छ । प्राप्त विवरण अनुसार थापाले २१ हजार ३०३ भोट ल्याउदा उहाँका निकतम प्रतिद्वन्दी एमालेका डा. राजन भट्टराईले १३ हजार ८ सय ५५ भोट पाउनुभएको छ ।

राप्रपाका डा ठाकुर मोहन श्रेष्ठले ४ हजार ५० मत पाउँदा स्वतन्त्र अर्जुन कुमार पर्साइले २ हजार ३०८ मत पाउनुभएको थियो ।