राजनीति

८ दिनभित्र मतगणनाको नतिजा आउँछ : प्रमुख आयुक्त थपलिया



काठमाडौँ, ६ मंसिर । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताउनुभएको छ ।

काठमाडौँ क्षेत्र नम्बर १० को मतगणनास्थलको निरीक्षण गर्दै उहाँले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मतपरिणामको नतिजा आठ दिनभित्र आउने दाबी गर्नुभयो । आठ दिनभित्र नतिजा आउने गरी देशभर मतगणना भइरहेको उहाँको भनाइ थियो ।