अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ६ मंसिर । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ३ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९६ हजार ७ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।