अर्थ

भारतीय जीटूजीको मल अर्को साता



काठमाडौँ, ७ मंसिर । जीटूजी सम्झौतामा भारतबाट ल्याउने भनिएको रासायनिक मल किन्ने प्रक्रिया सकिएसँगै आगामी सातादेखि मल नेपाल भित्रिने भएको छ ।

भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) ले मल नेपालसम्म ढुवानी गर्न बोरा प्याकिङ र लोडिङको काम गरिरहेको छ । हिउँदेबाली गहुँ, तोरी र आलुका लागि मल ल्याउन लागेकाले सक्दो चाँडो आइपुग्ने गरी काम गरिरहेको कृषि सामग्री कम्पनी लिमिटेडले बताएको छ । पहिलो वर्ष १ लाख ७० हजार मेट्रिक टन मल ल्याउने गरी भएको सम्झौताअनुसार पहिलो खेपको पहिलो भेसलमा ३० हजार मेट्रिक टन युरिया ल्याउन लागिएको हो ।

कम्पनीका कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जीटूजीबाट ल्याउन लागिएको मल ग्लोबल टेन्डरबाट ल्याइने मलभन्दा सस्तो पर्ने जानकारी दिए । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।