समाचार

आजको मौसम



काठमाडौँ, ८ मंसिर । देशको पश्चिम तथा मध्य पहाडी तथा तराईका थोरै स्थानहरूमा हुस्सु लागेको र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध छ । आज प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । शुक्रबार पनि देशभर मौसम सामान्यतया सफा रहनेछ ।