अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ८ मंसिर । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला १ हजार रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।