समाचार

आगलागी हुँदा तीन बालबालिकाको मृत्यु



जनकपुरधाम, ८ मंसिर । रौतहटमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ ।

गौर नगरपालिका १ माइस्थानको इस्लाम सिरक डसना पसलमा गएराति आगलागी भएको हो । आगलागीमा परेर पसल सञ्चालक मोहम्द इस्लामका ९ वर्षीया छोरी रुक्साना खातुन, ७ वर्षका छोरा इमरान मंसुरी, ५ वर्षीया छोरी सविना खातुनको मृत्यु भएको रौतहटटका प्रहरी नायव उपरीक्षक सुनील मल्लले जानकारी दिए ।

उनका अनुसार २५ वर्षीय मोहम्द इस्माइल, २४ वर्षीया नसिमा खातुन र ८ वर्षीय बालक इमरान घाइते भएका छन् । मध्यरातमा कपास गोदाममा विद्युत् सर्ट भएपछि आगलागी भएको प्रहरीको अनुमान छ । पसलको गोदामबाट आगो सल्किएपछि नजिकै रहेको मोटरसाइकल ग्यारेजमा समेत आगो फैलिएको थियो ।